धनगढीमा पानी निकासका लागि कल्भर्ट खोल्दा स्थानीयको विरोध, प्रहरीले द्वारा अश्रुग्यास प्रहार

अत्तरिया, ५ साउन– धनगढीमा जमेको पानी निकास गर्नका लागि कल्भर्ट खोल्दा स्थानीय र प्रहरीबीच झडप भएको छ। धनगढी उपमहानगरपालिकामा जमेको पानी निकास गर्न प्रहरी र स्थानीय बीच झडप भएको हो ।

Dadeldhura hospital

उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायत क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

सो क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको उनले जानकारी दिए । स्थानीयको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् । सोमबार पनि प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेको थियो । तर, वडा नम्बर २ का बासिन्दाले आफ्नो क्षेत्र डुबानमा पर्ने भन्दै कल्भर्ट पुरिदिएका थिए ।

Loading...