टीकापुरमा साढे ३ वर्षको बालकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपीसहित ९ जना प्रहरी पुरस्कृत

अत्तरिया, ५ साउन- कैलालीमा साढे ३ वर्षको बालकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपीसहित ९ जना प्रहरी पुरस्कृत भएका छन्।

Dadeldhura hospital

घटनाको तोकिएको जिम्मेवारी इमानदारी तथा त्रुटीरहित ढंगबाट सम्पादन गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरूषोत्तम कँडेलले एसपी विश्व अधिकारीलाई पुरस्कृत गरेका हुन्। अनुसन्धानमा खटिएका अन्य ८ जनालाई एसपी अधिकारीले आफैं पुरस्कृत गरेका छन्।

Navadurga sun
Godawari sandesh

पुरस्कृत हुनेमा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा, प्रहरी निरीक्षक लालबहादुर ऐर, प्रहरी सहायक निरीक्षक अनिल शाह, कृष्ण मल्ल, प्रहरी हवल्दार गणेश बहादुर सेठ्ठी छन्। यस्तै, प्रहरी जवान जयराम चुनारा, शिशिर शर्मा र नन्दराज भट्ट छन्।

गत असार २० गते टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने साढे ३ वर्षीय विवेक विष्ट बेपत्तापछि मृत फेला परेका थिए। सोही प्रकरणमा प्रहरीले घटनाको केही समयपछि सफल अनुसन्धान गरेको थियो।

Loading...