बैतडीमा भिरबाट लडेर एक बालिका घाइते

Dadeldhura hospital

बैतडी- बैतडीमा भिरबाट लडेर एक बालिका घाइते भएकी छिन्। जिल्लाको पुर्चौंडी नगरपालिका-१० महरागाउँका लोकेश महराकी ८ वर्षीया छोरी भावना महरा लडेर घाइते भएकी हुन्।

शनिवार बिहान ११ बजेतिर घर नजिकैको वनमा बाख्रा चराउन गएकी महरा लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। भीरबाट लडेकी महराको टाउको र दाहिने हातमा चोट रहेको उनले बताए। घाइते महराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए। 

Navadurga sun
Godawari sandesh
Loading...