कञ्चनपुरको बेलौरीबाट लागुऔषध सहित दुई महिला पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरको बेलौरीबाट दुई जना महिला लागुऔषध सहित पक्राउ परेका छन्। कञ्चनपुर बेलौरी नगरपालिका–४ शान्तिपुरबाट ९२ ग्राम ७१ मिलिग्राम लागुऔषध सहित दुई जनालाई प्रहरीले बिहीवार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सोही ठाउँका ४८ वर्षीया प्रेमसागर कुमारी राना र २२ वर्षीया सिर्जना राना रहेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले दुवै जनालाई लागुऔषध सहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...