ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते

डोटी– डोटीमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ६ जना सवार रहेको ट्याक्टरमा ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Dadeldhura hospital

बिहिवार दिउँसो डोटीको दिपायलबाट झिगाबस्ती तर्फ गइरहेको लु २ त ९७६४ नम्बरको ट्याक्टर दिपायल बोगटान सडक खण्डको केआइसिंह ४ बास्कोटमा दुर्घटना भएको हो। ट्रली सडकमै पल्टिँदा दुर्घटना भएको हो।

Navadurga sun
Godawari sandesh

दिपायल बोगटान सडक खण्डमा काम गर्ने ३ जना मजदुर घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाइते हुनेमा कैलालीको टीकापुर नगरपालिका–६ का १७ वर्षीय राहुल चौधरी, २२ वर्षीय पर्शु चौधरी र कैलालीकै भजनी नगरपालिका–८ का ३० वर्षीय दुर्जन चौधरी रहेका छन्। घाइते राहुल र पर्शु सुजङ्ग अस्पताल राजपुरमा उपचार पश्चात् डिस्चार्ज भएका छन् भने दुर्जनलाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ। ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका–१२ का ४० वर्षीय बालकृष्ण चौधरी भने फरार रहेका प्रहरीले जनाएको छ।

Loading...