अत्तरियामा सृजनशिल युवा क्लबद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

अत्तरिया, ४ साउन- अत्तरियामा रहेको न्यू सृजनशिल युवा क्लबले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ को प्रर्वद्धनमा क्लबले सृजनशिल वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

क्लबको वार्षिक कार्यक्रम अन्तरगत बृक्षारोपण गरिएको क्लबका उपाध्यक्ष एवम् वडा नम्बर १ का वडाध्यक्ष शर्मानन्द भट्टले जानकारी दिए ।

बृक्षारोपणले नगरपालिकाको गिन गोदावरीको अवधारणालाई पनि सहयोग पुर्याउने उनले बताए । क्लबले करिब ६० वटा बोटहरु रोप्ने बताउदै उनले रोपिएका बोटहरुको संरक्षण पनि क्लबले नै गर्ने बताए । सव डिभिजन बन कार्यालय अत्तरियाले क्लबलाई बोटविरुवा सहयोग गरेको थियो । ‘एक सदस्य, एक बोट’ भन्ने मुल नाराका साथ आयोजित बृक्षारोपण कार्यक्रममा क्लबका सदस्यहरु तथा स्थानीयको सहभागीता रहेको थियो ।

Loading...