शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घडियाल पुनःस्थापन

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल पुनःस्थापन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल आज एक कार्यक्रमकाबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको चौधरी नदीमा छाडिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सन् १९९० अघि चौधर नदीमा घडियाल रहे पनि त्यसपछि लोप भएको बताए । सङ्कटापन अवस्थामा रहेको घडियाल गोहीको वैकल्पिक बासस्थानका रुपमा पहिचान भएकाले चितवनबाट यहाँ ल्याएर पहिलो चरणमा पुनःस्थापन गरिएको उनले बताए ।

Navadurga sun

“बासस्थापनको पहिचान भएकाले विस्तृत अध्ययनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कात्तिकमा निणर्य गर्दै वरिष्ठ इकोलोष्टि श्याम कुमार साहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेर चौधर नदी क्षेत्रको १९.०३ किलोमिटर क्षेत्र सर्वेक्षण गरेको थियो”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, “सो प्रतिवेदनका आधारमा वन मन्त्रालयले यहाँ गोही चरणबद्ध रुपमा छाडने निणर्य गरेको हो ।”

घडियाल गोही स्वच्छ बगेको पानीमा पाइने, आहाराका रुपमा साना माछा मात्र खाने र सामान्यतया मानिसलाई असर नगर्ने संरक्षित लोपोन्मुख घस्रिने प्रजाति हो । यस अघि चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ एकसिङ्गे गैँडा समेत स्थानान्तरण गरिएको थियो भने चितवनबाट एक हात्ती पनि यहाँ ल्याइएको निकुञ्जले जनाएको छ । घडियाल गोही पुनःस्थापनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ, जेड एसएल नेपाल लगायतका संस्थाको सहयोग रहेको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...