कैलालीका ५ स्थानीय तहमा बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण





मसुरिया, ३ साउन– कैलालीमा बाल कल्याण संघले एक हजार ९ सय ६९ जना विद्यार्थीलाई स्व अध्ययन सामग्री वितरण गरेको छ । संघले विद्यालयहरु बन्द रहेको अवस्थामा बालबालिकालाई अध्ययनमा सहयोग पुगोस् भनी वल्डभिजनको आर्थिक सहयोगमा सामग्री वितरण गरीएको हो ।



संघले कैलालीका ५ वटा स्थानीय तहका बालबालिकालाई स्वअध्ययन सामग्री प्रदान गरेको थियो । टीकपुर नगरपालिकाका २५० जना, भजनी नगरपालिकाका ४९९, घोडाघोडि नगरपालिकाका ६३३ जना, कैलारी गाँउपालिकामा १४२ जना र गौरीगंगा नगरपालिकाको १० र ११ नं वडाका ४४५ जना बालबालिका गरि कुल १९६९ जना बालबालिकालाई सामग्रि बितरण गरिएको बाल कल्याण संघ टीकापुरका कार्यक्रम ब्यवस्थापक सुगम रेग्मीले जानकारी दिए ।


कोरोना महामारीले विद्यालयहरु बन्द रहेका र बालबालिकामा पढ्ने बानी हराउंदै गएकाले घर बस्दा समेत पढ्ने बानी र सिकाई विकास र निरन्तरता रहिर होस भन्ने उदेश्यले स्वअध्ययन सामग्रि वितरण गरिएको संघका सामाजिक परिचालक प्रेम चौधरीले बताएका छन् ।
बाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई स्वअध्ययन पुस्तक, कापि, कलम, ईरेजर र कलर पेन्सिल उपलब्ध गराईएको छ । यसले विद्यार्थीहरुमा घरमै रहेको अवस्थामा पनि पढ्ने बानिको बिकास हुने अपेक्षा लगेको संस्थाले जनाएको छ ।



