कैलालीमा खैरो हिरोईन सहित २ जना पक्राउ




अत्तरिया, ३ साउन– कैलालीमा पाँच सय मिलिग्राम लागुऔषध (खैरो हिरोईन) सहित २ जना पक्राउ परेका छन्। शनिबार राति विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलिले भजनी नगरपालिका वडा नं ८ सुनाफाटाबाट उनीहरुलाई पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा से.२ प ८५० नम्बरको मोटर साईकलमा सवार धनगढी उप–महानगरपालिका वडा नं ८ बस्ने वर्ष २६ को दिनेश सुनार र टिकापुर नगरपालिका वडा नं. १ शंकरपुर बस्ने वर्ष २० को राजेन्द्र रेग्मी रहेका छन् ।


पक्राउ परेका दुवै जनालाई पक्राउ गरी लागु औषध (खैरो हिरोईन) शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



