कञ्चनपुरको प्यारा ताल पर्यटकहरूको आकर्षण बढाउन सिँगारिँदै

कञ्चनपुर- आन्तरिक पर्यटकहरूको आकर्षणका लागि कञ्चनपुरको प्याराताल परिसर सिँगार्ने काम सुरु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका-९ मा रहेको उक्त तालको परिसरमा अहिले नागरिक स्तरबाट परिसर सिँगार्ने काम सुरु भएको हो ।

सरकारी सरोकारवाला निकायको नजरबाट सधैँ ओझेलमा पर्दै आएको तालको जैविक पहिचानलाई उजागर गर्दै अहिले ताल परिसरमा पर्यटकहरूलाई आकर्षण गर्न धमाधम संरचनाहरू निर्माण भइरहेका छन् । नेपाल भारत सीमा नजिक रहेको प्यारा तालको पर्यटन विकासका लागि सुरु गरिएको अभियानमा नागरिकहरूको स्वतःस्फूर्त सहयोगले हाल सम्म ताल परिसरमा सेल्फी स्पट, माछाको प्रतिमा, कछुवाको प्रतिमा, दुर्लभ जलचर ओदको प्रतिमा तयार पारी अवलोकनका लागि ताल परिसरमा राखिएको अभियानका संयोजक दीपेन्द्र बस्नेतले बताए ।

Navadurga sun

प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै पर्यटन विकास गर्न ताल परिसरमा सजाउन गोही, मयुरको प्रतिमा, वाटर फाउन्टेन र झुला निर्माणको काम जारी रहेको संयोजक बस्नेतले बताए । विश्वमै दुर्लभ मानिएको जलचर ओद ओटर, सुन गोहोरो, दुर्लभ मानिएको पहेँलो धुरे कछुवालगायतका जलचर प्राणीहरूको मुख्य वासस्थानका रूपमा प्यारा ताललाई लिइने गरेको छ ।

जैविक हिसाबले सुदूरपश्चिमकै उत्कृष्ट जलाशय हुँदाहुँदै सरसफाइ, विकास निर्माण र प्रचारप्रसारको कमिले ताल ओझेलमा पर्दै आएको छ । तालमा पर्यटन विकास र प्रचारप्रसारका लागि सम्बन्धित सरोकारवाला निकायहरूले बेवास्ता गर्दै आएपछि नागरिक स्तरबाट स्व स्फूर्त अभियान सुरु गरिएको अभियानका सचिव प्रेम प्रसाद जैसीले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...