बेहडाबाबा मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा

अत्तरिया- धार्मिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा आज महाशिवरात्रिका अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा हेलिकप्टरबाट पूष्प वर्षा गरिएको हो। आयोजक बेहडाबाबा फाउन्डेसन तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले आज महाशिवरात्रि मेलामा पहिलो पटक हेलिकप्टरबाट पुष्प वर्षा गरिएको बताए।
अध्यक्ष जोशीले कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउने काम भएको छ। बिहान ११ देखि मध्याह्न १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइएको छ। त्यस्तै अपराह्न ४ बजे सवा दई करोड दीप प्रज्वलन गरिने जोशीले बताए।

Navadurga sun
Godawari sandesh

पुष्प वर्षाका लागि नरेन्द्र शाहको संयोजकत्वको टोलीले १४ लाख ९ हजार ९ सय ५० रकम सङ्कलन गरेको थियो। पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख र तीन क्वीन्टलटल फूलका लागि २ लाख सहित जम्मा १३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ। पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि महाभण्डारा सहित उपस्थित सम्पूर्ण भक्तजनलाई निःशुल्क खाना र पानीको व्यवस्था गरिएको छ। बेहडाबाबा धाममा आवतजावतका लागि बसको व्यवस्था साथै कडा सुरक्षाकोे समेत व्यवस्था गरिएको छ। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको छ।

बेहडाबाबा मन्दिरमा दर्शन तथा पुजाका लागि बिहान चार बजेदेखि मन्दिरका चारवटै ढोका खुला गरिएको मुल पुजारी ओमप्रकाश जोशीले बताए। बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतका लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्ड लगायत विभिन्न क्षेत्रबाट समेत भक्तजन आएपछि मन्दिर क्षेत्रमा घुँइचो लागेको छ।

Loading...