
कञ्चनपुर- कञ्चनपुरबाट प्रहरीले १ लाख बढीको तस्करीको सामान बरामद गरेको छ । भीमदत्त नगरपालिका-६ सुकासालबाट भन्सार छलिका अन्दाजी १ लाख २ हजार १७० मुल्य बराबरका दुध पाउडर, तेल, सुर्ती, पेप्सि, सलाई, बिस्कुट, ब्रस, बिँडि, चियापत्ति, मिठाई, मटर, प्लास्टिक, नरिवल, सुट, लेहङ्गा लगाएतका सामान बेवारीसे अवस्थामा फेला पारी बरामद गरिएको छ ।


नियन्त्रणमा लिएको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।





