होलील्याण्ड एकेडेमीको २४ औं वार्षिकोउत्सव तथा अभिभावक दिवस सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-१ विजयनगर अत्तरियामा रहेको होलील्याण्ड एकेडेमी सेकेण्डरी स्कुलले वार्षिकोत्सव सम्पन्न गरेको छ। शुक्रबार विद्यालयले २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव बहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा ज्ञान ज्योतीका प्रिन्सिपल जगविर थापा रहेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रमका सभापति चन्द र प्रमुख अतिथी थापाले गमलामा फुल रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा ज्ञान ज्योतीका प्रिन्सिपल थापाले बिद्यालयले २४ औं बर्षमा आइपुग्दा शैक्षिक क्षेत्रमा निकै फड्को मारेको बताए । निजि क्षेत्रका बिद्यालयहरुले अहिले देशको शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्‍याएको थापाले बताए । उनले भने स्थापना कालमा टिनको छानामा रहेको स्कुलले अहिले आएर भुकम्प प्रतिरोधात्मक घरमा यहाँहरुको बालबच्चाहरुले पढ्न पाउँदा आफुलाई धेरै खुसि लागेको समेत बताए ।
स्कुलका प्रिन्सिपल मान बहादुर चन्दले शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापनको समन्वय भए मात्रै विद्यार्थीहरुको शैक्षिक क्षेत्र बलियो हुने बताए । यस स्कुल स्थापना भएदेखि थप सेवाहरु प्रदान गर्दै आइरहेको प्रिन्सिपल चन्दले बताए ।

होलिल्याण्ड सेकेन्डरी स्कुलका संयोजक दुर्गा कुमार पोख्रेलले विद्यालयमा नियमित रुपमा विद्यार्थीहरु लाई उत्प्रेरणा दिने खालका कार्यक्रमहरु गराउदै आएको कुरा जानकारी दिदै विद्यालय, विद्यार्थी, अभिभावक बिच सकारात्मक सम्बन्ध राख्न रहेक बर्ष अभिभावक दिवस कार्यक्रम गर्दै आएको बताए । गएका बर्षहरुमा कोभिडका कारण रोकिएको बार्षिकोउत्सव तथा अभिभावकलाई निरन्तरता दिएको पोख्रेलले बताए ।

Dadeldhura hospital

वार्षिकोत्सवको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गीत, विभिन्न भेसभुषा झल्कने खालका नृत्य लगायतका प्रस्तुति दिएका थिए । बिद्यालयमा पटकपटक उपस्थित भइ सरसल्लाह दिने १० जना अभिभावकहरुलाई विद्यालयले सम्मान गरेको छ ।

विद्यालयले विभिन्न उत्कृष्ट विधामा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । विद्यालयले वार्षिकोत्सवको अवसर पारी भएको अतिरिक्त क्रियाकलाप अन्तर्गत भएका खेल प्रतियोगितामा सहभागी मध्ये प्रथम, द्वितिय, तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार सहित प्रमाण पत्र वितरण गरेको छ।

धनगढीमा संचालन भएको मावि स्तरीय श्री कलेज मनेजमेन्ट कपमा प्रथम भएका विद्यार्थीहरुलाई नगद २ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, बुद्धिजीवी, समाजसेवी व्यक्तित्व, अभिभावकहरु, शिक्षक/ शिक्षिका, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

२०५६ सालमा ६३ जना विद्यार्थीहरुबाट सुरु भएको विद्यालयमा हाल १ हजार २ सय जना विद्यार्थीहरु अध्यनरत रहेका छन । एक मात्र व्यवस्थान संकाय रहेको बिद्यालयमा होटल मेनेजमेन्ट र फेसन डिजाइनिङको पठनपाठन गराउँदै आएको छ ।
उक्त कार्यक्रमको सञ्चालन शिक्षक भोजराज भाटले गरेका थिए ।

Loading...