धनगढी प्याब्सन कपको उपाधी एरिस्टो माबिले हात पार्याे

धनगढी- धनगढी प्याब्सन कपको उपाधी एरिस्टो माध्यमिक बिद्यालयले हात पारेको छ । उपमहानगर भित्रका सम्पूर्ण प्याब्सन अन्तर्गतका विद्यालयहरुको सहभागिता रहेको नगरस्तरीय प्याब्सन कपको उपाधी एरिष्टो माध्यमिक विद्यालयले हात पारेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

फाल्गुन १४ देखि १७ गते सम्म सञ्चालन भएको प्याब्सन कपमा विभिन्न विधाका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ७औं नगरस्तरीय प्याबस्न कप २०८० को उपाधी एरिष्टोले जितेको हो। ४ दिन सम्म सञ्चालित उक्त प्रतियोगितामा विभिन्न विधाका खेलहरुमा ९ स्वर्ण, ४ रजत र ५ कास्य पदक सहित अङ्क तालिकाको पहिलो स्थानमा एरिष्टोले आफ्नो नाम दर्ज गराएको हो।

Navadurga sun
Godawari sandesh

छात्रा कबड्डीतर्फ र हाइजम्पमा १/१ स्वर्ण , १०० मिटर दौडमा २ स्वर्ण ,छात्रा जुनियर ५० मिटर दौडमा १ स्वर्ण, लङजम्पमा १ स्वर्ण, ज्वाब्लिङ थ्रो १ स्वर्ण, छात्रतर्फको ५० मिटर दौडमा एक स्वर्ण र छात्रातर्फ हस्तलेखनमा एरिष्टोले थप एक स्वर्ण जितेको हो। यसैगरी सर्टपुट छात्रातर्फ १ रजत, मिठाई दौडमा १ रजत, छात्रतर्फ बोरा दौडमा १ रजत, सर्टपुटतर्फ १ कास्य पदक, २०० मिटर दौडमा छात्रतर्फ १ कास्य पदक, निबन्ध लेखनमा छात्रतर्फ १ कास्य, जुनियर लङजम्प छात्रतर्फ १ कास्य, वादविवाद प्रतियोगितामा छात्रातर्फ १ कास्य पदक हासिल गर्दै एरिष्टोले उपाधि जितेको हो।

Couple
Loading...