


धनगढी- कैलालीको टीकापुरबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका-१ ब्लक नम्बर १२ बसपार्क जोड्ने सडकबाट २७ वर्षीय प्रविन साउँद पक्राउ परेका छन् ।


इलाका प्रहरी कार्यालय टीकापुरले मंगलवार दिउँसो टीकापुर नगरपालिका-८ का साउँदलाई ५६० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो । उनले पाइन्टको खल्तीमा लागुऔषध राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर मुद्दा दर्ता गरिएको छ।





