बैतडीमा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटर पुरियो

Dadeldhura hospital

बैतडी- बैतडीमा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटर पुरिएको छ । स्काभटर पुरिँदा चालक घाइते भएका छन् । सुर्नया गाउँपालिका-८ साँफेबगर भन्ने स्थानमा सतबाँझ-श्रीभावर सडक अन्तर्गत डबल कटिङको काम गरिरहेका बेला मंगलवार माथिबाट खसेको पहिरोले बा ३ क १४८ नम्बरको स्काभेटर पुरिएको हो ।

Ganyapdhura gau

स्काभेटर चालक डडेल्धुराको भागेश्वर गाउँपालिका-३ का २६ वर्षीय आनन्द गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए । चालक गिरीलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनको घाँटी र कम्मरमा चोट लागेको छ ।

Couple
Loading...