अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियाका लोकराज पाण्डे ‘आगो’ लाई सामाजिक सेवा सम्मान-२०८० सहित अभिनन्दन गरिएको छ।
जिल्लाको गोदावरी नगरपालिका-३ चौकीडाडामा रहेको खप्तड विद्या निकेतनले आफ्नो २० औँ बार्षिकोउत्सव तथा अभिवावक दिवसमा सम्मान-२०८० सहित अभिनन्दन गरेको हो ।
शनिबार वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिस्ठानका उपकुलपति डा. टिएन जोशी प्रमुख अतिथि रहेका थिए ।

विद्यालयले समाजिक जागरण, शैक्षिक अधिकार र हक अधिकार पहिचानका मुद्दामा अग्रणी नेतृत्व गरे वाफत आगोलाई अभिनन्दन गरेको हो आगो लामो समय देखि समाजिक मुद्दा उठाउदै आएका छन ।
विशेष गरी लोकतान्त्रिक आन्दोलनका निमित्त पटक-पटक भएका आन्दोलनमा समेत सक्रिय अभियान्ताको रुपमा भूमिका निर्वाह भएकाले सामाजिक जागरण, शैक्षिक र सांस्कृतिक रुपान्तरण तथा यस क्षेत्रको हक अधिकार र पहिचानका मुद्दामा अग्रणी नेतृत्व पुर्यानु भएको विशिष्ट योगदानको कदर गर्दै अभिनन्दन गरेको सम्मान पत्रमा उल्लेख गरिएको छ ।
