डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा थप, पसल खोल्न पाइने (जारी आदेश)





डोटी, ३० असार- डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निणर्य गरेको हो ।



जिल्लामा गत वैशाख महिनादेखि गरिएको निषेधाज्ञाको समयावधि थप गरिएको यो आठौं पटक हो । खुकुलो गरिएको निषेधाज्ञा अवधिमा डोटी जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने, बिहान ६ देखि राति ८ बजेसम्म पसल खोल्न पाइनेछ ।


डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :




