शिक्षा अधिकृत न्यौपानेलाई कालोमोसो दल्ने इन्चार्ज पक्राउ, अरु संलग्नको खोजी हुँदै

धनगढी- सोमबार कैलालीमा एक शिक्षा अधिकृत माथि दुव्र्यवहार भयो । जिल्लाको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो नै दलेको भिडियो भाइरल भयो । शिक्षा अधिकृत न्यौपानेलाई क्रान्तिकारी युवा संगठन नेपालका सदस्यहरुले कालोमोसो दलेका हुन् ।

Dadeldhura hospital

अधिकृृत न्यौपानेले नगरपालिका भित्रका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापकलाई अभद्र व्यवहार गरेको, संघिय अनुदान कोटाका शिक्षकसँग कमिशन लिएको, खेलकुदका सामाग्री खरीदमा कमिशन खाएको, विदाको दिन सार्वजनीक सवारी साधनको दुरुपयोग गरेको आरोप लगाउँदै कालोमोसो नै दलिएको थियो ।

Navadurga sun
Godawari sandesh

लम्कीचुहा नगरपालिकामा कार्यरत शिक्षा अधिकृत न्यौपानेलाई दुव्र्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शिक्षा अधिकृत न्यौपाने कार्यालयबाट घर फर्कने क्रममा नेकपा क्रान्तिकारी (वैद्य) समूहका कार्यकर्ताहरुले बलियास्थित पूर्व-पश्चिम राजमार्गमा दुव्र्यवहार गरेका थिए । दुव्र्यवहारमा संलग्न मध्ये लम्कीचुहा-९ का ३१ वर्षीय भुवन रम्तेललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रम्तेल नेकपा क्रान्तिकारी (वैद्य) सुदूरपश्चिम युवा संगठन इन्चार्ज हुन् ।

उनलाई कैलारी गाउँपालिका-७ बाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटना संलग्नहरुको खोजी गर्ने क्रममा हिजो इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले क्रान्तिकारी (वैद्य) सुदूरपश्चिम युवा संगठन ईन्चार्ज रम्तेललाई सुदूरपश्चिम प्रदेश ०१-००९ प ७३२२ नम्बरको मोटरसाइकल सहित कैलारी गाउँपालिका-७ बाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

Loading...