कैलालीको गोदावरी नगरपालिकाद्वारा प्रतिक चिन्ह (लोगो) सार्वजनिक

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका द्वारा प्रतिस्पर्धाका आधारमा पालिकाले कार्यपालिकाको बैठकबाट छनौट गरी आज सार्बजनिक गरेको छ ।

कार्यालयको प्रतिक चिन्ह (लोगो) मुल्यांकन, छनोट तथा सिफारिस समितिको मिति २०८०।०९।१७ गतेको निर्णयानुसार तपाईले पेश गरेको प्रतिक चिन्ह (लोगो) छनोट भई नगर कार्यपालिकाको मिति २०८०।०९।२३ गते बसेको १०६ औं बैठकको निर्णय नं. ५ बमोजिम अनुमोदन भएकोले यो पत्र प्राप्त गरेको मितिले ७ दिन भित्र सूचनामा उल्लेख भए बमोजिम पुरस्कार र प्रमाणपत्र ग्रहण गर्न यस कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

Navadurga sun

जसका लागि नगरपालिकाले मंसिर ४ गते सूचना जारी गरेर लोगो पेश गर्न आवेदन माग गरेका थियो । जसमा १७ जनाले आवेदन दिएकोमा अत्तरिया प्रिन्टर्सले तयार पारेको लोगो छनोट भएको हो ।

छनोट भएको लोगोमा माथि ‘आत्मनिर्भर सुन्दर समृद्ध गोदावरी’ लेखिएको छ । लोगोको बीच भागमा नगरको नक्सा गोदावरी धाममा रहेको हनुमानको मुर्ति, कलस अत्तरिया चोक, लामितालको तस्बिर राखिएको छ । लोगोमा पहाड र तराईको फाट झल्किने तस्बिर समावेश छ भने आधुनीक सहरको परिकल्पना गरिएको तस्बिर पनि छ ।

उक्त लोगो नगरपालिकाको १०७ औं कार्यपालिका बैठकबाट अनुमोदन गरिसकिएको छ । नगरपालिकाले उत्कृष्ट लोगो निर्माण गर्नेलाई ५१ हजार दिने जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...