धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १६ रामनगरमा रहेको बेहडबाबा मन्दिरको डिपिआर निर्माण गर्न पुरातत्व विभागको टोली आएको छ । पुरातत्व विभागका आर्किटेक्ट इन्जिनियर सुरेश पौडेल र केशव शर्माको टोलीले शुक्रवार र शनिवार मन्दिरको नाप नक्सा गरेको छ । यस अघि इन्जिनियर शर्माले बेहडाबाबा मन्दिर तथा परिसरको नापजाँच गरेर काठमाडौं फर्किएका थिए ।




पुरातत्व विभागलले नेपाली शैलीको मन्दिर निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न प्राविधिक टोली दोस्रो पटक पठाएको हो । मन्दिरको हालको संरचा जीणर् भएकाले गर्भगृह बाहेक अन्य सबै संरचना नयाँ बनाउने हिसाबले डिपिआर तयार गर्न मन्दिर व्यवस्थापन समितिले विभागलाई आग्रह गर्ने निणर्य भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए । उनले नेपाली शैलीको भव्य मन्दिर निर्माणका लागि डिपिआर बनाउन विभागको टोली बोलाइएको बताए ।


पुरातत्व विभागको टोलीले मन्दिरको हालको संरचना पुरानो भएकाले त्यसको ठाउँमा नयाँ बनाउने या पुरानो संरचनालाई नचलाएरै बाहिर अर्को नयाँ संरचाना बनाउन सकिने सुझाव दिएको छ । नयाँ मन्दिर बनाउँदा ५ देखि १० करोडसम्म लागत लाग्ने अनुमान प्राविधिक टोलीले गरेको छ । मन्दिर व्यवस्थापन समितिको निणर्यका आधारमा पुरातत्व विभागले नयाँ मन्दिरको डिपिआर बनाउने र त्यसपछि बन्ने नयाँ मन्दिर पुरातत्व विभागको रेखदेखमा निर्माण हुने बताइएको छ ।
बेहडाबाबामा शिवलिङ्गको पूजाआजा हुन्छ । भगवान शिवलाई बेहडाबाबाका नामले पुकारिन्छ भने मन्दिरको गर्भगृहमा रहेको शिवलिङ्ग प्राचीन शिवलिङ्ग रहेको जनविश्वास छ । मन्दिरमा गङ्गा दशहरा र शिवरात्रीको दिन मेला लाग्छ भने नेपाल तथा भारतको उत्तर प्रदेशबाट वार्षिक लाखौं दर्शनार्थी मन्दिरमा पूजापाठ गर्न आउँछन् ।

