सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

धनगढी- सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयमा सुदूरपश्चिमका अधिकांश स्थानीय तह विरुद्ध भ्रष्टाचारका उजुरी परेका हुन् ।

चालु आर्थिक वर्षको हाल सम्म अख्तियारको कार्यालयमा स्थानीय तह सँग सम्बन्धित ६ सय ५२ वटा उजुरी दर्ता भएका छन् । अधिकांश उजुरी पूर्वाधार निर्माणसँग सम्बन्धित छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

डडेल्धुराको अमरगढी नगरपालिकामा विकास निर्माणदेखि खरिद प्रक्रिया सम्ममा भ्रष्टाचार भएको भन्दै एक वर्षभित्रै अख्तियारमा २७ वटा उजुरी परेका छन् । कर्मचारी भर्ना अपारदर्शी भएको र सामान खरिद गर्दा बढी मूल्यको बिल बनाएर भ्रष्टाचार गरेको आरोप उजुरीकर्ताले लगाएका छन् । स्थानीय तहहरुमा अनियमिताको आरोपसँगै अख्तियारमा उजुरी पर्नेक्रम बढेको छ ।

अख्तियारको महेन्द्रनगर कार्यालयमा गत साउन यता मात्रै ६ सय ५२ वटा उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्षमा १ हजार २ सय ७३ उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्षबाट सरेर आएका ६ सय ७९ सहित गत आर्थिक वर्षमा १ हजार ९ सय ५२ उजुरी परेका थिए । ती मध्ये १ हजार २ सय ३५ उजुरीको टुंगो लागेको छ ।

बाँकी ७ सय १७ उजुरी चालु आर्थिक वर्षका लागि सारिएका छन् । स्थानीय तह विरुद्ध परेका अधिकांश उजुरी पूर्वाधार निर्माण सँग सम्बन्धित रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी बसन्त बहादुर शाही बताए । महालेखा परीक्षकको ६० औं प्रतिवेदनले समेत सबै भन्दा बढी बेरुजु स्थानीय तहमै रहेको देखाएको छ ।

Loading...