मेस्सीलाई अन्तर्राष्ट्रिय उपाधि

भर्खरै सम्पन्न कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ। फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले ब्राजिलमाथि एक गोलको अग्रता बनाए सँगै खेल अवधिभर थप गोल नहुँदा खेल अर्जेन्टिनाले जितेको हो।

Ganyapdhura gau

यससँगै कप्तान लियोनेल मेस्सीले सिनियर टिमबाट पहिलो उपाधि जितेका छन्। पटक(पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको अर्जेन्टिनाले १९९३ पछि पहिलो पटक कोपा अमेरिकाको उपाधि जितेको हो।

Navadurga sun
Godawari sandesh

ब्राजिलको माराकाना रंगशालामा आइतबार बिहानको खेलको अधिकतम समय खेलमा दबाब बनाए पनि ब्राजिलले पहिलो हाफभरि गोल गर्न सकेन। गोल नगर्ने शृंखला दोस्रो हाफमा पनि जारी राख्यो।

Dadeldhura hospital

यता खेलको २३औं मिनेटमा रोड्रिगो डि पालले दिएको पासलाई एन्जेल डि मारियाले ब्राजिलका गोलकिपर इडरसन मोरेससँग वान टू वानको अवस्थामा रहँदै गोल गरे। यससँगै अर्जेन्टिनाले खेलमा अग्रता दिएको थियो।

त्यसअघिको उनको एक प्रयास भने ब्राजिलका ब्राजिलका डिफेन्डरले सहजै क्लियर गरे। पहिलो हाफमा ब्राजिलले सुरुआतमै बलमा अधिक समय बलमा नियन्त्रण बनाए पनि डि मारियाको गोलपछि ऊ दबाबमा आएको थियो।

यता खेलको १३औं मिनेटमा ब्राजिलले अट्याकिङ थर्डमा राम्रो अवसर बनाए पनि गोल गर्न सकेका थिएनन्। पहिलो हाफको अन्तिममा पाएको कर्नरको फाइदा लिन पनि ब्राजिल चुक्यो।

दोस्रो हाफको सुरुमै रोमाञ्चक बनेको खेलमा ब्राजिलका रिचार्लिसनले गोल गरे पनि रेफ्रीले अफसाइड करार गरिदिएका थिए। यससँगै ब्राजिलले खेललाई बराबरी गर्ने अवसर गुमाएको थियो।

रिचारर्लिसनको अर्को प्रयास भने अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले बचाए। ८३औं ८६औं मिनेटमा ब्राजिलले अन्य अवसरहरू पनि गुमाएको थियो।

Couple
Loading...