उखुबारीमा बाघ फेला नपरेपछि फर्कियो वनको टोली

कञ्चनपुर- कञ्चनपुरस्थीत बेलौरीको उखुबारीमा बाघ फेला नपरेपछि वनको टोली फिर्ता भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुइ क्षेत्रमा बाघ उखु बारिमा पसेको खबरपछि खोजी गरिरहेको वनको टोली फिर्ता भएको हो ।

मंगलवार दिउँसो स्थानीय अनिल चौधरीले पचुइ स्थित जगन्नाथ मन्दिर आसपासमा उखु लोड गरिरहेको बेला बाघ देखेपछी गाउमा त्रास फैलिएको थियो । सव डिभिजन वन कार्यालय पचगडियाबाट वनकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरेरहेका थिए ।

Navadurga sun

बाघ भएको बाघ आएको कुनै ठोस प्रमाण नभेटिएपछी वनकर्मी फिर्ता आएको सव डिभिजन बन कार्यालय पचगडिया का प्रमुख दिनेश कुमार यादवले बताए । पचुइमा गत बैशाख-९ मा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएपछि स्थानीय बाघ पसेको खबरले त्रसित भएका थिए ।

ADD Khali jpg
Loading...