बैतडीमा वडा कार्यालय सहयोगी मृत भेटिए

Dadeldhura hospital

बैतडी– बैतडीमा एक वडा कार्यालय सहयोगी मृत भेटिएका छन्। मेलौली नगरपालिका–८ कोटिगाँउका कार्यालय सहयोगी लक्ष्मणसिंह बिष्ट मृत भेटिएका हुन्। बिहान उपचारको लागि धनगढी जान्छु भनि हिँडेका विष्ट वडाकै हरडाखान धर्मशालाको उकालो बाटोमा शुक्रबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए।

Ganyapdhura gau

बिष्टलाई स्थानीयले बाटोमा घोप्टो परेको अवस्थामा फेला पारेका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको प्रहरी प्रवक्ता जोशीले बताए। अहिले मृतक बिष्टको शव मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

Loading...