सेती प्रादेशिक प्रयोगशालामा १०२ नमूनाको परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि

धनगढी, २५ असार- धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १०२ नमूनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै ८८ जनाको रिपोर्ट निगेटिभ आएको हो ।

हाल अस्पतालमा १३ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना संक्रमित आईसीयू, २ जना भेन्टिलेटर र ८ जना अक्सिजनको सर्पोटरमा उपचाररत रहेको छन् । यस्तै आज नै २ जना बिरामी निको भएर घर फर्किएका छन भने २ जना अस्पतालमा भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...