कञ्चनपुरको एक घरमा आगलागी

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरको एक घरमा आगलागी भएको छ । भीमदत्त नगरपालिका-३ तिलकपुर स्थित पार्वती टमटाको दुई कोठे कच्ची घरमा बिजुलीको तार सट भई बुधवार आगलागी भएको हो ।

आगलागि हुँदा घर भित्र रहेका अन्नपात, लत्ता कपडा, मोबाइल लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...