महोत्सवमा भेटिएको नक्कली टिकट ठेलीको बारेमा छानबिन गरिदिन जिप्रकालाई संघको आग्रह

अत्तरिया- कैलालीको अत्तरियामा पुष २६ गतेदेखि माघ ७ गतेसम्म लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट ठेलीको बारेमा छानबिन गरिदिन अत्तरिया उधोग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय कैलालीलाई आग्रह गरेको छ । आज एक पत्र सहित संघको टोली जिल्ला प्रशासन कार्यालय पुगेको हो ।

Dadeldhura hospital

कार्यसमितिका महासचिवको नेतृत्वमा टिकटको छडके चेकजाच गर्दा टिकट बिक्री काउण्टरमा रु १०० दरका २८ थान टिकट ठेली (१४००) प्रति नक्कली टिकट प्राप्त भएको यसरी सार्वजनिक संस्थालाई अहित हुने गरी जो जसले आर्थिक हिनामिना र दुरुपयोग गरी संस्थाको गरिमालाई ठेस पुर्‍याउने कुकर्म गरेको हो सो को निश्पक्ष्य छानबिन गरी यथाशिघ्र क्षतिपूर्ति सहित असुल उपर गराई आवश्यक कारवाहीका लागि निवेदनमा आग्रह गरिएको छ ।

Navadurga sun
Godawari sandesh

Loading...