कञ्चनपुरमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र सोही वडाकी ३० वर्षिया सरस्वती तिवारी मृत फेला परेकी हुन् ।

ईलाका प्रहरी कार्यालय झलारीका अनुसार सोमबार साँझ सरस्वती रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पठाईएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुढाऐरले बताए । सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...