टिकटको नक्कली ठेलीको बारेमा निष्पक्ष छानबिन गछौँ : अत्तरिया उद्योग वाणिज्य संघ

सबैलाई राखेर निष्पक्ष छानविन गरि दोषिलाई कारबाहि गछौं : अध्यक्ष बोहरा

अत्तरिया- कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकटको बारेमा निष्पक्ष छानबिन गर्ने बताईएको छ । आज महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक अत्तरिया उद्योग वाणिज्य संघले नक्कली ठेलीको बारेमा निष्पक्ष छानबिन गरिने बताएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कल्याण सिंह बोहराले भने “महोत्सव सफल पार्न कार्यसमितिले रातदिन खटिएर लाग्दा असफल बनाउन हो की किन हो यस्को निष्पक्ष छानविन गछौँ ।” उनले भने, “हिजोको दिनमा केहि व्यक्ति महोत्सव नै नलगाउनुहोस भनेर लागी परेका थिए, तर हामीले यहाँको कला सँस्कृति जोगाउन भनेर महोत्सव लगाउनै पर्छ भनेर लागेका छौँ, सँस्था बनाउनु पर्छ भनेर लागेका छौँ तर केहि व्यक्ति कार्यसमिति नै विभाजन गर्न लागी परेका छन् ।

टिकट काट्ने, टिकट दिने सबैलाई राखेर निष्पक्ष छानविन गरि दोषिलाई कारबाहि गरिने अध्यक्ष बोहराले बताए । महोत्सवमा टिकट काट्ने जिम्मा पाएको स्वतन्त्र विद्यार्थी युनियन दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका सभापति भुवन महराले आफुहरुलाई कार्यसमितिले हस्तान्तरण गरेको टिकट नै आफुले बिक्री गरेको बताए । उनले कार्यसमितिले नै “टिकट बरामद गर्यौ” भनेर आफुहरुको बदनाम गर्न खोजीएको बताए ।

“कार्यसमितिले हामीलाई टिकट सबै प्रक्रिया पुर्याएर हस्तान्तरण गरेको, त्यहि टिकट हामीले बिक्रि गरिरहेका थियौ, कार्यसमितिकै मान्छे आएर लिएर गए, त्यो बरामद कसरी भयो ? उनले भने ।” “हरेक दिन, कहिले पहेलोँ, कहिले गाडा, कहिले १०० वाला टिकटको ठेलीमा कहिँ कतै ५० र ५० वाला ठेलीमा कतै १०० को टिकट पनि परेको थियो, कार्यसमितिले नै दिएको टिकटमा हामीले कसरी शंका गर्ने ? टिकट बुझ्दै आएका नेपाल विद्यार्थी संघका नेता जगत महाराले भने ।”

महोत्सवमा गत बिहीबार महासचिव सहितको टोलीले अनुगमनका क्रममा २८ ठेली नक्कली टिकट बरामद गरेको थियो । बरामद गरिएको टिकट नक्कली नै भएको प्रमाणित भईसकेको महोत्सवका छापा संयोजक एवम् संघका कार्यसमिति सदस्य बम बहादुर बोगटीले बताएका छन् । अत्तरियाको लामीताल परिसरमा पुष २६ गतेदेखी जारी महोत्सवको आज समापन हुँदैछ ।

Loading...