आज अत्तरिया महोत्सवमा प्रमोद खरेल लगायतका कलाकारको प्रस्तुती रहने

अत्तरिया- कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आठौं दिन चर्चित गायक प्रमोद खरेल लगायत कलाकारहरूको प्रस्तुति रहने भएको छ । आजको कार्यक्रममा कलाकारहरू प्रमोद खरेल, दिपेन्द्र दाहाल, अनुस्का भण्डारी, सेर कैनी र निर्मला भण्डारी आउने भएका छन् भने उद्घोषकको रुपमा केपी कलौनी रहने छन् ।

Dadeldhura hospital

त्यसैगरी स्थानीय कल्बहरूको समेत विशेष प्रस्तुति रहने छ । पुस २६ गते बाट सुरु भएको महोत्सव पुमा ७ गतेसम्म चल्ने छ ।

godawari10 Mahila hinsa
Navadurga sun

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था, बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क रहेको छ ।

Loading...