सुदूरपश्चिममा प्रदेश प्रहरी गठन प्रक्रियाअगाडि बढ्यो, विधेयक प्रदेश सभामा टेबल

अत्तरिया, २३ असार– सुदूरपश्चिम प्रदेश सरकार गठन भएको करिब ४० महिना पछि प्रदेशमा प्रदेश प्रहरी गठन प्रक्रिया सुरु भएको छ । बुधबारको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गरेकी हुन् ।

Dadeldhura hospital

प्रदेश सभा नियमावली २०७४ को नियम १०६ को उपनियम २ बमोजिम उनले प्रदेश सभामा प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल भएसँगै अब प्रदेशमा प्रदेश प्रहरी गठन सम्बन्धी प्रक्रिया अघि बढ्ने बताइएको छ ।
नेपालको संविधान २०७२ को अनुसूची ६ ले व्यवस्था गरेअनुसार प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्ने काम सुरु गरेको हो ।

Navadurga sun
Godawari sandesh

यस अघि संघीय प्रहरी ऐन जारी नहुँदा प्रदेश प्रहरी गठन प्रक्रियामा ढिलाइ भएको हो । संघीय प्रहरी ऐन जारी हुँदा पनि प्रदेशमा प्रहरी समायोजनको काम विलम्ब भएको मन्त्री जोशीले बताइन् ।

प्रदेशमा विपद् व्यवस्थापन, द्वन्द्व व्यवस्थापन तथा प्रदेश भित्र शान्ति सुरक्षाको लागि प्रदेश प्रहरी आवश्यक रहेको उनको प्रदेश प्रहरी गठन प्रक्रिया अघि बढाइएको बताइन् ।

Loading...