

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं.१ अत्तरियामा संगम वाटर इन्डष्ट्रिज स्प्रुज कप फूटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार देखि अत्तरियाको सृजनशिल युवा क्लवको खेल मैदानमा अण्डर नाईन्टिन स्प्रुज कप फुटबल प्रतियोगिता सुरु भएको हो । खेलको प्रायोजक अत्तरियाको धनगढी रोड स्थित संगम वाटर इन्डष्ट्रिज स्प्रुज रहेसंगै खेल प्रतियोगिताको आयोजना सृजनशिल युवा क्लवले गरिरहेको छ ।



प्रतियोगिताको उद्घाटनको दिन आयोजकले एउटा मात्र खेल खेलाएको जनाएको छ । मंगलबार देखि सुरु भएको प्रतियोगिता पहिलो खेल अत्तरियाको मनहरा युथ क्लब र आयोजक टिम सृजनशिल क्लव सँग भएको थियो । पहिलो खेलमा मनहरा युथक्लबले आयोजक सृजनशिल क्लवलाई ४ गोल हानेर पराजित गरेको थियो । यस्तै सृजनशिल क्लवले ४ गोलमा १ गोल मात्र फर्काई पराजित भएको हो ।


खेल प्रतियोगितामा आयोजक टिम सहित १६ वटा टिमको सहभागिता भएको साथै प्रतियोगिता १९ वर्ष ननाघेका खेलाडीहरु सहभागी गराएको जनाएको छ । विशेष गरी विभिन्न क्लबका सदस्यहरुसँग भेटघाट, मैत्रीपुणर् हुन गएको अण्डर १९ प्रतियोगितामा प्रवेश शुल्क १ हजार मात्र राखिएको साथै ऊत्कृष्ट खेलाडी, उत्कृष्ट गोल कीपरलाई नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
मंगलबार देखि शुरु भएको प्रतियोगिता माघ ६ गते सम्म संचालन हुने भएको हो । प्रतियोगिता नकाउट प्रक्रियामा खेलाईरहेको छ । प्रतियोगितामा समाजसेवी, अभिभावक, खेलाडी, खेलप्रेमी लगायत का व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।