गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, दुर्गालक्ष्मी नमूना माबिले जित्यो उपाधि

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी दुर्गालक्ष्मी नमूना माध्यमिक बिद्यालय अत्तरियाले जितेको छ । पुष २७ गते देखि सुरु भएको नगरस्तरिय प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माध्यमिकले १३ स्वर्ण १७ रजत र १६ कास्य सहित जम्मा ४६ पदक सहित उपाधी जितेको हो ।

प्रतियोगितामा ९ स्वर्ण ११ रजत र ७ कास्य सहित सैनिक आवासिय मावि तेघरीले दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै ६ स्वर्ण , १ रजत र २ कास्य सहित दुर्गा भवानी माबि हरैया तेस्रो भएको छ ।

Navadurga sun
Godawari sandesh

सामुदायिक र सस्थागत गरी ४२ विद्यालय सहभागि प्रतियोगितामा ६३ स्वर्ण, ५९ रजत र ७५ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा २० विद्यालयले मात्रै स्वर्ण पदक जित्न सफल भएका छन् ।

Dadeldhura hospital

आईतबार राति अबेर सम्पन्न कार्यक्रमको समापनमा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले विजेता, उपविजेतालाई पुरस्कार वितरण गर्दै अनुशासन पुर्वक खेल सम्पन्न गरेकोमा खेलाडी, खेल प्रशिक्षक, व्यवस्थापक सबैलाई धन्यवाद व्यक्त गरेका हुन् ।

गोदावरी नगरपालिका भित्र ५६ ओटा सामुदायिक स्कुल भएता पनि बिद्यार्थीहरुलाई खेलकुदका माध्यमबाट नगरस्तरिय कार्यक्रममा न्यून सहभागिता प्रति आफूलाई दुःख लागेको र आगामी दिनमा सामुदायिक स्कुललाई प्राथमिकताका साथ अगाढी बढ्न समेत नगर प्रमुख भट्टले बताए ।

कुन विद्यालयले कुन कुन पदक जिते हेर्नुहोस् :

Loading...