अत्तरियाको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सांसद बलायरलाई ९ किलोको माला लगाइयो

अत्तरिया- सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रममा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य विर बहादुर बलायरलाई ९ किलोको माला लगाइएको छ ।

बिहीबार महोत्सव उद्घाटन कार्यक्रममा आयोजक अत्तरिया उद्योग बाणिज्य संघले ६ ओटा माग राख्दै ९ किलोको माला लगाएको हो ।
कैलालीको अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटन गर्न पुगेका उनलाई नौ किलोको माला लगाइएको लगाउदै माग पत्रसमेत बुझाएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

संघको मागपत्रमा गोदावरी नगरपालिका क्षेत्रभित्र खुल्ला मञ्चको व्यवस्थापन गरी विकास गर्न, गोदावरी धाम तथा हाटखोली क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरी कार्य सञ्चालन गर्न, सुदूरपश्चिम प्रादेशिक राजधानी यथाशीघ्र कार्यान्वयनमा ल्याउन र गेटा विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक पहल गर्न भनिएको छ ।

Dadeldhura hospital

त्यस्तै अत्तरिया बजार क्षेत्रको भीमदत्त राजमार्ग पूर्वपट्टिको नेपाली सेनाको भोगाधिकार रहेको जग्गामा वर्षौँदेखि घर टहरा बनाई व्यापार व्यवसाय गर्दै आएकाहरूको हकहितमा हुने गरी कार्यान्वयन गराई आवश्यक पहल गरिदिन र गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको रूपमा सञ्चालन गर्न आवश्यक पहल गरिदिन भनिएको छ । प्रादेशिक महोत्सव सुदूरपश्चिमका ९ ओटै जिल्ला समेट्ने गरी ९ किलोको माला लगाइएको आयोजकले बताएको छ । आठौँ संस्करणको महोत्सव बिहीबारबाट सुरु भएको महोत्सव माघ ७ गते सम्म सञ्चालन हुनेछ ।

महोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी समेत गरिएको थियो । प्रभातफेरीमा सुदूरपश्चिमका कला संस्कृति झल्किने झाकी, बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो ।

उक्त महोत्सवको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको छ भने प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क रहेको छ ।

Loading...