


अत्तरिया- “सम्वृद्ध प्रदेशको आधार, कृषी पर्यटन र व्यापार” भन्ने नाराकासाथ कैलालीको अत्तरिया भोलिदेखि सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी पुरा भएको छ ।





आयोजक अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । महोत्सवको भोलि (बिहीबार) दिउँसो १ बजे कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य विर बहादुर बलायरले उद्घाटन गर्ने संघले जनाएको छ ।
८ औँ संस्करणको उक्त महोत्सवको मुख्य प्रर्वद्धकमा गोदावरी नगरपालिका रहेको छ भने प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । महोत्सवमा १५० ओटा स्टल बुक भैईसकेको र अझै थपिने क्रम जारि रहेको जनाईएकोे छ । पत्रकार सम्मेलनमा बोल्दै अत्तरिया उद्योग वाणीज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले महोत्सव सम्पन्न गर्न सहयोगको लागि सम्पूणर्लाई आग्रह गरेका छन् ।

पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै बोहराले महोत्सबमा डान्स प्रतियोगिताहरु रहने र उत्कृष्टलाइ पुरुस्कार प्रदान गरिने जनाएका छन् ।

महोत्सवको मुख्य आकर्षणका रूपमा राष्ट्रिय एवम् चर्चित कलाकारहरूको प्रस्तुति, थारु सँस्कृति तथा परिकारका साथै थारु गाउँ प्रदर्शनी सहितको मिनी महोत्सव, लामी तालमा डुङ्गाको व्यवस्था, बाल उद्यान, खानाका विभिन्न परिकारहरू, विभिन्न प्रकारका झाँकीका साथै नृत्यहरू रहेको अध्यक्ष बोहराले बताए । भोलि (बिहीबार) बिहान ११ बजे विभिन्न झाँकि सहित अत्तरिया बजार परिक्रमा गरिने बताईएको छ । आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिदिन सबैमा आयोजकले आग्रह गरेको छ ।
अत्तरियाको लामिताल परिसरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क रहेको छ ।
माघ ७ गतेसम्म चल्ने महोत्सवले यस क्षेत्रको पर्यटनमा बिकास पुग्ने आयोजकले विश्वास लिएको छ । आयोजकले प्रति टिकटको रकमबाट १ प्रतिशत ब्लड बैंकको लागि रेडक्रसलाई प्रदान गर्ने जनाएको छ ।
अत्तरिया उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष असोक राज देवकोटाले स्वागत मन्तव्य राख्नुभएको काईक्रमको संचालन शंकर खड्काले गरेका थिए ।





