सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सुदूरपश्चिमका ४० सहित ५६ कलाकारको प्रस्तुती रहने

अत्तरिया– कैलालीको अत्तरियामा यहि पौष २६ गतेवाट सुरु हुन गइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा बढी भन्दा बढी स्थानीय कलाकारहरलाई समावेश गरिएको छ ।

सुदूरपश्चिममा लाग्ने हरेक मेला महोत्सवमा स्थानीय कलाकारलाई बेवास्ता गरेको गुनासो व्यापक बढिरहेका बेला अतरियामा भने आयोजकले पहिलो प्रथमिकतामा स्थानीय कलाकारलाई राखेको छ । आयोजक अतरिया उधोग वाणिज्य सघका महासचिव शंकर खड्काले विगतका कमी कमजोरीवाट पाठ सिक्दै यस पटक गुनासो आउने ठाउँहरुलाइ पहिलो प्रथमिकतामा राखिएको बताए ।उनले सबैभन्दा बढी गुनासो स्थानीय कलाकारहरुको हुने गरेकाले यस पटक आमन्त्रीत कलाकार भन्दा बढी अर्थात करिब ८० प्रतिशत बढी स्थानीय कलाकारलाई समावेश गरिएको बताए ।

Navadurga sun

महोत्सवमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थीको नृत्य समुहलाई ११ हजार १११ रुपैयाँ पुरस्कार दिइने भएको छ । अत्तरियाको लामिताल परिसरमा पुस २६ गते देखि सञ्चालन हुन लागेको महोत्सव अवधिमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थी समुहलाई पुरस्कार दिन लागिएको हो ।

‘महोत्सव अवधिभर गरिने प्रत्येक नृत्यको जजको टिमले मल्याङ्कन गरेर उत्कृष्ट नृत्य छनोट गरिने छ’ उनले भने ‘विद्यार्थीहरूको कलाको सम्मान गर्न यो वर्ष पुरस्कारको व्यवस्था गरेका हौ ।’
उनले महोत्सवमा उत्कृष्ट सँगै दोस्रो र तेस्रो हुने विद्यार्थीको नृत्य समुहलाई पनि पुरस्कार दिइने बताए । जसमा क्रमशः ६ हजार १११ र ४ हजार १११ रुपैयाँ तोकिएको छ ।

महोत्सवमा आउने कालकारहरुको नाम सार्वजनिक

हास्यकलाकारद्धय सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), गायिका शान्ति श्री परियार, प्रिती आले, एलिना चौहान, रचना रिमाल, प्रिती आले, गायक प्रमोद खरेल, पुष्कल शर्मा, हिमाल सागर, चक्र बम, टंक तिमिल्सिना , सुरेश चोखाल ,चेतन बोहरा आउने छन् ।

यस्तै देउडा गायक भुवन दाहाल, लाल बहादुर धामी (अछामी बड्डो), दिपेन्द्र दाहाल, कृष्ण बिक, टेक बोगटी, नरेश जोगी, सुमन ताम्राकार, मनिष खडका, शेर कैनी, टेक बिसी, सौगात ओझा, कृष्ण र्याउले, देउडा गायिका डिक्रा देवी बादी, गायिका अनिता चौलाउने, सृजना खत्री रहने छन् ।

यस्तै हास्य कलाकारहरु हेम अधिकारी (खन्टेखलास) र भिम बिष्ट अछामी रेखा , गायक डिबि निरंकारी, मेघजंग कडायत, अमृत नाथ , रेस विसी, रमेश मल्ल, गायिका सपना शाही, शुसिला कार्की, मोडल टिका जैशी, दुर्गा भट्ट, रोजी कुवँर, रुविना अधिकारी, अस्मीता पुरी, आभा, आस्मा भण्डारी लगायतका कलाकारहरु रहेका छन् ।

यसमा अझै थपघट हुन सक्ने आयोजक अत्तरिया उधोग वाणिज्य संघले जनाएको छ । महोत्सबको लगभग तयारी अन्तिम चरणमा पुगेको संघका सदस्य रमेश भट्टराईले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...