अत्तरियामा लाग्दै गरेको महोत्सवमा स्थानिय उत्पादनलाई प्राथमिकता दिनु : नगर प्रमुख भट्ट

अत्तरिया- कैलालीको अत्तरिया यही पौष २६ गते देखि संचालनमा लाग्दै गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा स्थानिय जनताबाट उत्पादित बस्तु तथा सामाग्रीको प्रबर्धनका लागि स्थान दिन अत्तरिया उद्योग बाणिज्य संघका कार्य समितिलाई गोदावरी नगरपालिकका नगर प्रमुख बिरेन्द्र भट्टले निर्देशन दिएका छन । यस क्षेत्रमा कृषि उत्पादन सँगै साना तथा मझौला उद्योगहरुबाट उत्पादित सामाग्री बजारमा ल्याउन यस्ता खाले मेला महत्सवले सहयोग पुग्नेमा आफू विश्वस्त रहेको भट्टले बताए ।

शनिबार दिउसो महोत्सवका लागि लामिताल परिषरमा स्टेज तथा स्टल निर्माण तयारी हुदै गर्दा संस्थाका प्रतिनिधि सँगको छलफलमा निर्देशन गरेका हुन । सुदूरपश्चिम प्रादेशिक महोत्सवमा कलाकार र दर्शका लागि रमाईलो मात्र नभएर यस क्षेत्रको पर्यटन प्रबर्दनका लागि लामितालमा डुंङ्गामा सयर गर्न सकिने अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्यान सिंह बोहराले बताए । बिगतका कमीकमजोरीबाट पाठ सिक्दै यस भेगका उद्यमहरुको प्रवद्र्धन गर्दै सांस्कृतिक पहिचानसहितको सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी हामीले गरेका छौँ । अध्यक्ष बोहराले भने -यसका लागि कुनै व्यक्ति वा पक्ष मात्रै लागेर हुँदैन सिँगो टिमनै लागेका छौं ।

Navadurga sun

वास्तवमा महोत्सव प्राचीनकालिन हाटबजारको आधुनिकताको स्वरुप हो । आफ्ना उत्पादनलाई बजारीकरण गर्नु नै यसको मुल उद्येश्य हो। यध्यपी यसको स्वरुपमा भने अहिले व्यापक परिवर्तन आएको छ । सुदूरपश्चिम सँगै अत्तरियामा लाग्दै गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको मुल ध्येय पनि यही नै रहेको छ, यस महोत्सवमा स्थानिय उत्पादनलाई बजारीकरण गर्नु नै मुख्य उद्देश्य रहेको देखिन्छ ।

महोत्सवको दिन नजिकिए संगै तयारीलाई तिब्रता पारिएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिब शंकर खड्काके बताए । उनले कलाकारसंग सम्झौता गर्ने, सहयोग खोज्ने, स्टल लगायतका भौतिक संरचना निर्माणका कामहरुलाई तिव्रता दिइएको बताएका छन् ।

आयोजक अत्तरिया उद्योग वाणिज्य संघका सदस्य तथा कलासंस्कृति संयोजक रमेश भट्टराईका अनुसार महोत्सवमा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), आधुनिक गायक प्रमोद खरेल, लोकदोहोरी गायक पुष्कल शर्मा, प्रिती आले, शान्ति परियार, लोकपप गायक चक्र बम, टंक तिमिल्सिना, गायिक रचना रिमाल, गायक हिमाल सागर, गायिका एलिना चौहानले प्रस्तुति राख्ने भएका छन् ।

त्यस्तै लोकदेउडा गायक भुवन दाहाल, लाल बहादुर धामी (अछामी बड्डो), दिपेन्द्र दाहाल, चेतन बोहरा, डिक्रा बादी, कृष्ण बिक, टेक बोगटी, नरेश जोगी, सुमन ताम्राकार, मनिष खडका, सुरेश चोखाल, अनिता चौलानी, सृजना खत्री, शेर कैनी, टेक बिसी, सौगात ओझा, कृष्ण र्याउलेले प्रस्तुति राख्ने भएका छन् ।

त्यस्तै गायिका सपना शाही, गायक मेघजंग कडायत, डिबि निरंकारी, गायिका शुसिला कार्की, दुर्गा भट्ट, गायक रेस विसी, रमेश मल्ल, हास्य कलाकार हेम अधिकारी (खन्टेखलास), भिम बिष्ट, मोडल रोजी कुवँर, रुविना अधिकारी, अस्मीता पुरी, आभा, डान्सर आस्मा भण्डारी लगायतका अन्य कलाकारहरुको प्रस्तुति रहने कलासंस्कृति संयोजक भट्टराईले जानकारी दिए । यसमा केही थपघट हुनसक्ने उनले बताए । दर्शकको मागका आधारमा अहिले चलेका कलाकारहरुलाई महोत्सवमा ल्याउने गरी तयारी भइरहेको उनको भनाई छ। (सुदूरखबरबाट)

ADD Khali jpg
ADD Khali jpg
Loading...