धनगढी- उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामील घरेलु तथा साना उद्योग कार्यालय, कैलालीको भवन शिलान्यास गरेका छन् । शनिवार धनगढीमा भूमि पूजन गरेर मन्त्री धामीले भवन शिलान्यास गरेका हुन्।




प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको चालु वर्षको स्वीकृत बजेटमा नयाँ भवन निर्माण हुने भएको हो। मनसिद्धी निर्माण सेवा धनगढीले भवन निर्माणको ठेक्का पाएको हो । कम्पनीले ७६ लाख १० हजार ८५७ रुपैयाँको लागतमा एक तले भवन निर्माणको ठेक्का पाएको हो ।


यहीँ पुस ४ ठेक्का सम्झौता भएको कार्यालय भवन २०८१ जेठ ३० गते सम्पन्न गर्ने सम्झौता भएको घरेलु तथा साना उद्योग कार्याल धनगढीका प्रमुख कोमल प्रसाद ओझाले बताए ।
भवनको शिलान्यास गर्दै उद्योग मन्त्री धामीले बैशाख भित्रै सम्पूर्ण निर्माण सम्पन्न गरेर मन्त्रालयबाट पुरस्कृत हुने निर्माण कम्पनीका सञ्चालकलाई आग्रह गरेका छन् । गुणस्तरीय काम समयमै सप्पन्न गर्न मन्त्री धामीले निर्देशन दिएका छन् ।




