बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय

काठमाडौं– ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ ।

Dadeldhura hospital

पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्ण भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले रातोपाटीलाई बताए । उनले भने, ‘पक्राउ गरिएकाहरुलाई मद्धा नचलाउने निर्णय भएको छ ।’

Navadurga sun
Godawari sandesh

मुद्धा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।

प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन् ।

Loading...