लागुऔषध सहित २ जना पक्राउ

टीकापुर, १९ असार- कैलालीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले वडा नं.३ रामपुरस्थित सडकखण्डमा टीकापुर नगरपालिका वडा नं. ६ भर्तापुरका २५ वर्षीय दिलिप राईलाई पक्राउ गरेको हो ।

उनको साथबाट १० ट्याब्लेटको नाईट्राभेट ६० थान र १६ थान स्पास्प्रोक्स बरामद गरिएको छ । बरामद गरीएको लागुऔषध टीकापुर नगरपालिका वडा नं. ६ भर्तापुरस्थित औषधी पसलबाट ल्याएको पुष्टि भएपछि खानतलासी गर्दा चाउचाउको पेटी भित्र लुकाईछिपाई राखेको अवस्थामा १० ट्याब्लेटको नाईट्राभेट ६०० थान ९६ थान स्पास्प्रोक्स सहित औषधी पसलका सञ्चालक सुमन चौधरी पनि पक्राउ गरीएको प्रहरीले जनाएको छ । राई र चौधरीमाथि थप अनुसन्धान भइरहेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...