गोदावरी गुरुकुल विद्या आश्रमलाई खेलकूद तथा वाध्यवादन सामाग्री हस्तान्तरण

प्रकाशबहादुर बोहरा
अत्तरिया, १९ असार- कैलालीको गोदावरीमा बाध्यवादन प्रशिक्षण तथा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ। आज (शनिबार) गरिएको हस्तान्तरण कार्यक्रममा “भाषा साहित्य कला संस्कृतिको उत्थान समृद्धिका लागी हाम्रो अभियान” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

गोदावरी नगरपालिकाको सहयोगमा राष्ट्रिय लोक साँस्कृतिक प्रितषठान नेपाल सुदूरपश्चिम समिति अत्तरिया कैलालीको आयोजनामा गोदावरी धाममा रहेको गोदावरी गुरुकुल विद्या आश्रमलाई खेलकूदका सामाग्रीहरु, वाध्यवाधन मादन, हारमोनियम, लत्ता कपडा लगायतका सामाग्रीहरु हस्तान्तर गरिएको हो । स्वस्थीक बाचन संगै गोदावरी नगरपालीकाका कार्यवाहक प्रमुख रत्ना कठायतले दीप प्रज्वलन गरेका थिए ।

उक्त कार्यक्रम कार्यवाहक नगर प्रमुख रत्ना कठायतको प्रमुख आतिथ्यमा संचालन गरिएको कार्यक्रममा गोदावरी नगरपालिकाका स्वकीय सचिव योगेश सिंह, गोदावरी नगरपालिका कार्यपालिका सदस्य ईश्वरा आचार्य, गोदावरी नगरपालिका जिन्सी शाखा प्रमुख गणेश पनेरु, वडा नं.४ का वडा सदस्य बल बहादुर चौधरी, गुरूकुल विद्या आश्रमका अध्यक्ष तथा साहित्यकार पद्मराज जोशी, गोदावरी गुरुकुल विद्यापिठका प्र.अ.आचार्य पदमराज उपाध्याय, साधक संगीत साधना कुटी र साधक रेकर्डिङ स्टुडियो शिशिर साधक, लिलाधर बासकोटा, खण्डकाव्य बालकवि विभूति अधिकारी, गुरुकुलाका सम्पूर्ण भाईहरु लगायत पत्रकारहरुको सहभागित रहेको थियो ।

गोदावरीधाममा भोली देखि १५ दिने सम्म प्रशिक्षण कार्यक्रम संचालन हुने जनाइएको छ । उक्त बाध्यवाधन लगायत सास्त्रीय संगित कार्यक्रम बिहान ५ बजे देखि ७ बजे सम्म संचालन हुने छ ।

उक्त सास्त्रीय संगितमा प्रशिक्षण कार्य शिशिर साधकले गर्ने छन् । यस्तो किसिमको वाध्यवाधक लगायत संगितको ज्ञान बटुक ब्राहमणका लागि धेरै राम्रो हुने बताए । मैले सास्त्रीय संगीत सिक्दा धेरै दुख खेप्नु परेको समेत उनले सुनाएका छन । धनगढीमा साधक संगीत साधना कुटी र साधक रेकर्डिङ स्टुडियो संचालन गरेको समेत बताए । १५ दिनबाटा सिकाएका बिद्यार्थीबाट भजन समेत रेकड गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । संगितले धेरै कुराहरू सिकाउने भएकोले संगितको प्रचारपरसार हुन जरूरी रहेको शिशिर साधकले बताए ।

उक्त कार्यक्रममा बालक कबि बिभुसी अधिकारीले खण्डकाव्य बाचन समेत गरेका थिए । बालक कबि अधिकारी गृहमन्त्रालयबाट खण्डकाव्यका लागी छनौटमा समेत परेका छन् ।

Dadeldhura hospital

गुरूकुल विद्या आश्रमका अध्यक्ष तथा साहित्यकार पद्मराज जोशीले मन्तव्य ब्यक्ति गर्ने क्रममा जनप्रतिनिधीहरु जनताका साझा हुने बताए । पार्टी एउटा बाटो भएपनि जनप्रतिनिधिहरु जनताका साथमा रहेर अढी बढ्नुपर्ने बताएका छन् । हामि सबैले एक अर्कासंग सहकार्य गरेर गोदावरी धामलाई अगाडी बढाउनमा मद्दत पुग्ने समेत बताए ।गोदावरी धाम लगायत गोदावरी जेसुकै कार्यक्रम भएपनि यो हाम्रो आफ्नै कार्यक्रम भएको सोचेर गोदावरी नगरपालीकाले अगाडी बढाउनु पर्ने जोशीले बताए ।

गोदावरी नगरपालिकाका ४ नं. वडाका वडा सदस्य बल बहादुर चौधरीले गुरुकुल विद्यालय गोदावरी ४ मा रहेको बताए। गोदवरी नगरपालीकाले कुम्भ मेलाका लागि सहयोग गरी सहजता गराई दिन हुन अनुरोध समेत गरे ।

मन्तव्य व्यक्त गर्दै रत्ना कडायत टुक्रा टुक्रा भएर छरिएकोलाई एकिक्रित गरेर लैजाने । गोदावरी धाम भनिएर चिनिएको भए पनि यस ठाउलाई वजेट पार्न नसकिएकोले दुख व्यक्त गरे । गोदावरी धाममा बजेट पार्नका लागि केन्द्रमा अझै पनि कुरा अगाडी बढाएको बताएका छन् ।

गुरुकुल आश्रमका भाईहरुले उक्त १५ दिने प्रशिक्षण लिएर अगाडि वढ्न सकिने कार्यवहाक प्रमुख कठायतले बताए ।
सबैको सहकार्य र सहयोगले गोदावरी धामलाई ठुलो र विशाल बनाउन सहयोग पुग्ने इश्वरा आचार्यले बताइन ।  मन्तव्यकै क्रममा लिलाधर बासकोटाले हाम्रो संस्कृति हाम्रो परम्परा रहेकोले हाम्रो संकृतिलाई बचाउनको लागि गुरुकुलमा वाध्यवाधन लगायत शिक्षाले ठूलो भुमिका खेल्ने बताए ।


मायाको चिनो हस्तान्तरणः
उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख रत्ना कडायत, गोदावरी नगरपालिका वडा नं.४ का वडा सदस्य बल बहादुर चौधरी, गोदावरी नगरपालिकाका स्वकिय सचिव योगन्द्र सिंह, गोदावरी नगरपालिकाका जिन्सी शाखा प्रमुख गणेश पनेरु, राष्ट्रिय प्रतिभा शिशिर साधक, गुरुकुलका अध्यष पदमराज जोशी, गुरुकुल प्र.अ.आचार्य पदम उपाध्याय लगायतलाई मायाको चिनो हस्तान्तरण समेत गरिएको छ ।

उक्त कार्यक्रमको संचालन राष्ट्रिय लोक साँस्कृतिक प्रितषठानका सचिव गोमा ढकालले गरेकी थिइन् ।

Loading...