घोडाघोडी महोत्सव पुस २६ देखि हुने

धनगढी– कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा यही पुस २६ देखि महोत्सव सुरु हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।

“कृषि पर्यटन उद्योग र व्यापार, समृद्ध घोडाघोडीको आधार” भन्ने मूल नाराका साथ सुरु हुने महोत्सव माघ ६ गते सम्म सञ्चालन हुने आयोजक संस्थाका उपाध्यक्ष हुकुम आचार्यले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

Navadurga sun

महोत्सव आयोजना गर्नका लागि यस क्षेत्रमा चुनौती रहेको बताउँदै संस्थाका सचिव वीरेन्द्र जिसिले महोत्सव सफल बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

विगत ४ वर्ष देखि यस नगरपालिकामा रहेर संस्थाले काम गरिरहेको बताउँदै जिसिले भने, केही दिन पहिले मात्रै हामीलाई यो संस्था हस्तान्तरण गरिएको हो महोत्सव सफल पार्नका लागि स्थानीय तह लगायतका सङ्ग सहकार्य गरिरहेका छौ ।

कला सस्कृती र पर्यटनलाई उजागर गर्नका लागि महोत्सवले महत्वपूणर् भूमिका खेल्ने मूल आयोजक कमिटीका संयोजक नवीन क्षेत्रीले बताए । महोत्सवमा यहाँका पर्यटकीय क्षेत्रका पोस्टर राखिनुका साथै रमाइलो मेला, मगर गाउँ थारु गाउँ, डेउडा, थारु नाच लगायत विभिन्न सस्कृती झल्किने प्रस्तुति सङ्गै ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ ।

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाई रु.१००, विद्यार्थीका लागि रु.५० र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...