कञ्चनपुरमा आज राप्रपाको आमसभा

कञ्चनपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीले कञ्चनपुरमा आज (बिहीबार) आमसभा गर्दै छ। भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा आयोजना हुने आमसभाको सम्पूर्ण तयारी पूरा भएको राप्रपा कञ्चनपुरले जनाएको छ। राप्रपा कञ्चनपुरले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेतालाई महेन्द्रनगरमा उतारेर (महेन्द्र) स्मारक चोकमा राजा महेन्द्रको सालिक अनावरण गर्न खोजिरहेको छ।

आमसभालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।यी नेताहरु प्लेनमार्फत बिहीबार बिहान धनगढी ओर्लिने छन्। विवादपछि स्मारक चोकमा तोकिएको आमसभाको कार्यक्रमस्थल फेरिएको छ।राप्रपाले पूर्वनिर्धारित कार्यक्रमस्थल फेरेर चोक नजिकै सब्जीमण्डी रोडमा कार्यक्रम गर्न लागेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

महेन्द्रको सालिक अनावरणमा गणतन्त्रवादी दलहरुले विरोध जनाएपछि सुरक्षा संवेदशीलतालाई ध्यान दिई प्रशासनले स्मारक चोकमा कार्यक्रम गर्न नदिएको हो। राप्रपाले महेन्द्रको सालिक निर्माण गरेर महेन्द्रनगर पुर्‍याइसकेको छ। गणतन्त्रवादी ८ दलले राप्रपाको यो कदमको विरोध गरिरहेका छन्।

भीमदत्तनगरमा महेन्द्र सालिक स्थापना गर्ने राप्रपाको निर्णयले माहोल तंरगित छ। राप्रपाले सालिक स्थापना गर्ने भनेर प्रशासनलाई भने कुनै जानकारी गराएको छैन। आमसभालाई ध्यान दिएर सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

‘कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ,’ प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘स्मारक चोक विवादित भएपछि कार्यक्रम अन्यत्र गर्न भनिएको हो।’

 

Loading...