गोदावरी नगरपालिका कार्यालयमा शिक्षकहरुद्धारा २ घण्टा धर्ना





अत्तरिया, १८ असार- कैलालीको गोदावरी नगरपालिका कार्यालयमा शिक्षकहरुले धर्ना दिएका छन । शुक्रबार नेपाल शिक्षक महासंघ गोदावरी नगर समितिको आयोजनामा शिक्षकहरु धर्नामा बसेका हुन।



शिक्षकहरुलाई कोभिड भ्याक्सिन उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै नगरपालिका कार्यालय अगाडी २ घण्टा धर्ना दिएको नेपाल शिक्षक महासंघ गोदावरी नगर समितिका अध्यक्ष शिवराज जोशीले बताए । उनले देशव्यापि धर्ना दिने कार्यक्रम अन्तरगत गोदावरी नगरपालिकामा बिहान १० बजे देखि १२ बजे सम्म धर्ना दिईएको बताए ।


शिक्षकहरुले कोरोना खोप संगै सामुदायिक विद्यायमा कार्यरत सबै शिक्षकहरुलाई समान सुविधा दिनु पर्ने, शिक्षकहरुलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने लगायतका माग राखेका छन ।



