अत्तरियामा आयोजना हुने महोत्सव प्रती ब्यबसायीहरुको असन्तुष्टि

अत्तरिया- कैलालीको अत्तरिया उद्योग बाणिज्य संघले छिट्टै संचालन गर्ने महोत्सवको लागि सुझाव संकलन गरेको छ । संघको कार्यालयमा शनिबार आयोजना गरिएको कार्यक्रममा बोलाइएका अतिथिहरुले संघले गर्ने महोत्सव प्रती प्रश्न उठाएका छन् ।

संघका पुर्ब उपाध्यक्ष नैन सिं कार्कीले महोत्सव के को लागि भनेर प्रश्न उठाए ? उनले भने- “मेला हो भने निःशुल्क गरे भयो, किन टिकट लिनु पर्यो नभए महोत्सव किन गर्नु पर्यो । महोत्सवको हिसाब किताब नै पार्दर्शी छैन । पहिले संस्था आन्तरिक रूपमा मजबुत हुनु पर्यो । महोत्सव सकिएपछि आय ब्यय सार्बजनिक गर्नु पर्यो त्यो त अहिले सम्म भएको छैन ।”

Navadurga sun
Godawari sandesh

संघको भुमिका प्रती ब्यबसायी राजेन्द्र खडकाले पनि असन्तुष्ट जनाए । महोत्सवले यस क्षेत्रको कला संस्कृति जोगाउनु पर्ने हो तर त्यस्तो हुन नसकेको जिकिर गरे ।

संघका संस्थापक अध्यक्ष वसन्त रोकायाले बाहिर आए जस्तो संघ भित्र नितिगत भ्रष्टाचार नभएको बताए । उनले बिगतको कार्य समितिको बचाउ गरेका छन् ।

Dadeldhura hospital

संघको निर्बाचनबाट नयाँ नेतृत्व चयन भएको भए पनि अझै गुटको ह्याङ कायमै रहेको ब्यबसायीहरुको गुनासो रहेको छ ।

भबन निर्माणमा सबै एक मतः
अत्तरिया उधोग बाणिज्य संघको भबन गोदावरी-२ बनखेतको सामुदायिक बनमा निर्माणाधिन छ । अहिलेका अध्यक्ष कल्याण सिँ बोहराले भबनको बाहिर अस्थायी कम्पाउन्ड बनाएका छन् । उनको योजना सकभर आफ्नो कार्यकालमा एक तले थप्ने योजना पनि छ ।

तर उक्त जमिनको भोकाधिकार शसस्त्र प्रहरीले लिएको छ भन्ने चर्चा पनि छ । यद्यपि आजको कार्यक्रममा सहभागीहरुले संघको जग्गा र भबन छोडन नसक्ने बताएका छन् ।

संघका संस्थापक अध्यक्ष वसन्त रोकाया देखि निबर्तमान अध्यक्ष अशोक राज देबकोटा सम्मले संघको जग्गा प्राप्तिको लागि एक भएर अघि बढनु पर्ने धारणा राखेका छन ।

यति मात्रै होइन नगरपालिकाका प्रबक्ता गोपाल दत्त भट्टले समेत उद्योग बाणिज्य संघको कार्यमा एकेबद्धता जनाएका छन् । संघका अध्यक्ष कल्याण सिं बोहराले सबैको सुझाव सल्लाह अनुसार अगाडि बढने बताए । उनले संघले आयोजना गर्ने महोत्सव सबैको भएकाले सबैको सहयोगको अपेक्षा गरेका छन् ।

Loading...