कैलाली कञ्चनपुरमा चौपाया व्यवस्थापन गर्न ७ करोड

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनलाई प्राथमिकताका साथ लिएको बताएको छ । चौपाया व्यवस्थापन गर्न संरचना बनाउने उनीहरूको आहार बिहारको लागि बजेट समेत विनियोजन भएको बताएको छ ।

Ganyapdhura gau

प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री रामेश्वर चौधरीले छाडा चौपाया व्यवस्थापन गर्न कैलाली र कञ्चनपुरमा ७ करोड बजेट खर्चिने बताएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आफू साउन १७ गते मन्त्रीको पदभार गरेलगत्तै पहिलो निर्णय नै छाडा चौपाया व्यवस्थापन गर्ने निर्णय गरेको सुनाउँदै उनले व्यवस्थापनको क्रममा चौपाया राख्न संरचना निर्माण, मल उत्पादन गर्नेलगायतको लागि ३ करोड २० बजेट विनियोजन गरेको बताए ।

यस्तै, कैलाली र कञ्चनपुर जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत २ करोडका दरले बजेट पनि छाडा चौपाया व्यवस्थापनमा खर्चिने मन्त्री चौधरीको भनाइ छ ।

जसको लागि सम्बन्धित पालिकाले चौपाया व्यवस्थापन गर्न साझेदारी गर्नु पर्ने भएको छ ।सम्बन्धित पालिकाले चौपाया व्यवस्थापनको लागि प्रस्ताव ल्याएको अवस्थामा साझेदारीमा काम गर्ने बताइएको छ ।

 

Loading...