दशरथचन्द र मेलौली नगरपालिकामा आज बिदा

बैतडी- जिल्लाका दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले बिदा दिएका हुन्। दुवै पालिकाले मेलाको अवसरमा बिदा दिने निर्णय गरेका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

मेलौली नगरपालिकाले मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’को अवसरमा आज र भोलि बिदा दिएको छ। नगरपालिकाले जात्राको अवसरमा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था लगायतमा बिदा रहेको जनाएको छ। मेलौली भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन्।

Navadurga sun
Godawari sandesh

यस्तै जिल्लाको प्रसिद्ध जगन्नाथ धाममा लाग्ने जात्राको अवसरमा दशरथचन्द नगरपालिकाले आज बिदा दिएको छ। जगन्नाथ धाममा हरेक बर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ। जगन्नाथ धामको जात्रामा बैतडीका मात्रै नभएर अन्य ठाउँका दर्शनार्थीहरु समेत आउने गरेका छन्। जात्रासँगै यहाँका मन्दिरमा दर्शनार्थीको भीड बढेको छ।

 

Loading...