दोधारा–चाँदनी सुक्खा बन्दरगाहको डिपिआर तयार

कञ्चनपुर- कञ्चनपुरको दोधारा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले भारत सरकारले सुक्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिए।

Ganyapdhura gau

उनका अनुसार सुक्खा बन्दरगाह निमार्णका लागि रु। पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको छ। सुक्खा बन्दरगाह भारतको पूर्णलगानीमा बन्ने उनले बताए। ‘सुक्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको छ,’ इन्जिनियर केसीले भने, ‘सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण सक्ने डिपिआरमा उल्लेख गरिएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

बन्दरगाह निर्माणका लागि दोधारा–चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशंकर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ।’ सुक्खा बन्दरगाहमा दुईवटा गोदाम, भन्सार जाँच, क्वारेन्टिन, इमिग्रेसन र सुरक्षा भवनलगायत अन्य पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

भारतले एसियन राजमार्गसँग जोड्न पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको छ। सुक्खा बन्दरगाह निर्माण हुने स्थलमा रूख कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृति भइसकेको छ। इन्जिनियर केसीका अनुसार अब १०–१५ दिनभित्रै प्रतिवेदन मन्त्रालयमा पेस हुन्छ। मन्त्रिपरिषद्ले रूख कटान गर्ने निर्णय गरेपछि निमार्ण कार्य अघि बढ्नेछ। बन्दरगाह क्षेत्रमा एक हजार नौ सय ८९ रूख कटान गर्नुपर्ने हुन्छ।

२०६४ मा पहिलोपटक सरकारले दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव गरेको थियो। त्यसपछि पटक–पटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले बताए।

यहाँका उत्पादन निर्यात गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउन जरुरी रहेको उनको भनाइ थियो । यसपटक सरकारले सुक्खा बन्दरगाह निर्माण गर्नेमा यहाँका व्यवसायी आशावादी छन्। कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले सुक्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिममा हुने व्यापारको लागत र समय दुवै घट्ने बताए। रासस

Loading...