शिक्षकहरुसंग यौनिक शिक्षाबारे कार्यशाला गोष्ठी

अत्तरिया– शिक्षकहरुसंग यौनिक शिक्षाबारे कार्यशाला गोष्ठी गरिएको छ । ‘राइट हियर, राइट नाउ’ भन्ने नारा सहित यार्ड नेपालले मंगलबार कैलालीको अत्तरियामा धनगढी उपमहानगरपालिका तथा गोदावरी नगरपालिकाका शिक्षकहरुसंग बृहत यौनिकता शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य अधिकार संवेदनशिलताका बारेमा कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।

Dadeldhura hospital

उक्त गोष्ठीमा शिक्षा तालिम केन्द्र दिपायलका टेक्निकल अफीसर भिम प्रसाद पनेरुले आफ्नो प्रस्तुती राखेका थिए । उनले किशोरकिशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा जानकारी दिन आवश्यक रहेको बताए। पनेरुले यौन तथा प्रजनन् स्वास्थ्य जीवनको महत्वपूर्ण पाटो भएकोले सो विषयमा किशोरावस्था देखी नै जानकारी दिदाँ लाभदायक हुने बताए ।

Navadurga sun
Godawari sandesh

पाठ्क्रममा पनि उत्त विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने उनको भनाई थियो । पञ्चोदय माध्यमिक बिद्यालय धनढीका प्रधानाध्यापक हरिष ओझाले प्रजनन् स्वास्थ्यका बारेमा किशारावस्था देखी नै विस्तृत रुपमा जानकारी दिदाँ विभीन्न दुर्घटनाहरुबाट पनि बचाउन सकिने बताए ।

उनले प्रजनन् स्वास्थ्यका बारेमा अध्यापन गराउने शिक्षक पनि खुलेर बोल्नुपर्ने भन्दै विस्तृत जानकारी किशोरकिशोरीलाई दिन सके मात्रै सकरात्मक नतिजा प्राप्त हुने बताए ।

Loading...